देउवालाई मानहानीसम्बन्धी मुद्दामा जवाफ दिन सर्वोच्च अदालतको आदेश
१० दिनभित्र सर्वोच्चमा उपस्थित हुन आग्रह
प्रकासित मिति : २०७३ चैत्र २४, बिहीबार
प्रकासित समय : १७:०६
काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा जवाफ दिन १० दिनभित्र उपस्थित हुन आदेश गरेको छ ।
देउवाले आईजीपी प्रकरणमा अदालतको आदेश पालना नगर्ने अभिव्यक्ति दिएपछि अधिवक्ता हरि मैनालीले दर्ता गरेको निवेदनमा अदालतलेत्यसतो आदेश गरेको हो ।
सर्वोच्चले नवराज सिलवाल बरियता क्रममा अगाडी भएको भन्दै सरकारले सिफारिस गरेका आईजीपी जयबहादुर चन्दको निर्णय बदर गरेको हो ।