उपप्रधानमन्त्रीको वरियता विवाद नमिलेपछि मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषदको बैठक आइतबार गरिने

काठमाडौं । उपप्रधानद्वय निधि र थापामध्ये को दोस्रो वरियतामा रहने भन्ने विवाद कायमै भएकाले बिहीबार बोलाइएको मन्त्रिपरिषदको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

उपप्रधान एवं गृहमन्त्री निधिले प्रमुख सत्तारुढ दल कांग्रेस भएको र पार्टीबाट आफूले नेतृत्व गरेर सरकारमा आएकाले आफू नै दोस्रो नम्बरमा हुनु पर्ने अडान गरेपछि मन्त्रिपरिषदको बैठक स्थगित भएको हो।

उपप्रधानमन्त्री निधिले आफूलाई दोस्रो वरियतामा राखे राजीनामा दिने बताउँदै आएका छन् भने थापाले आफू दोस्रो नम्बरमा नपरे सरकार छोड्ने धम्की प्रधानमन्त्री प्रचण्डलाई दिएका छन्।

विमानस्थलमा प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा सभामुख ओनसरी घर्तीपछि उपप्रधानमन्त्री थापा गएर उभिएपछि गृहमन्त्री निधिले अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई अगाडि राखेर आफू पछि बसेर स्वागत गरेका थिए।