वीर अस्पतालामा एक ६० बर्षीय वृद्धाले आत्महत्या

काठमाडौं । वीर अस्पतालको ट्रमा सेन्टरको पाँचौं तल्लाको झ्यालमा झुण्डिएर एक ६० बर्षीय वृद्धाले आत्महत्या गरेकी छन्।

महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले ट्रमा सेन्टरको पाँचौं तल्लामा झुण्डिएको अवस्थामा शव फेला परेको बताएका छन ।

ढाड रोगका कारण चैत ६ गते देखि ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचार गर्दै आएकी मिगी १ बाग्लुङकी जयकला घर्तिमगरले बिहीबार बिहानै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरीका अनुसार आत्महत्याको कारण स्पष्ट नभए पनि आर्थिक अभावका कारण उक्त घटना भएको हुनसक्ने अनुमान छ ।