प्रबुद्ध समूहको बैठक जारीः विवादास्पद सन् १९५० को सन्धि लगाएतका विषयमा ब्यापक छलफल हुदै

आज साँझसम्म दुई देशबीच महत्वपूर्ण समझदारी हुने

काठमाडौं । राजधानीको होटल अन्नपूर्णमा हिजोबाट सुरु भएको नेपाल भारत प्रबुद्ध समूहको बैठक आज पनि जारी रहेको छ । दुई देशबीचको आपसि सम्बन्धमा देखिएका तिक्तता मेटाउँदै प्रगाढ सम्बन्ध निर्माण गर्ने उद्देश्यले सञ्चालीत नेपाल भारतका विज्ञ समूहको बैठकमा निकै बिवादमा तानिएको सन् १९५० को असमान सन्धिलाई पनि छलफलका लागि प्रवेश गराइएको छ ।

हीजोबाट सुरुभएको उक्त बैठकले दुई देशबीचको आपसि सम्बन्धमा देखिएका विवादहरुको अन्त्य गर्नका लागि निकै महत्वपूर्ण विषयहरुमा समझदारी गर्दै आज साँझसम्म ठोस निष्कर्ष निकाल्ने बताइएको छ ।

हरपल नेपाल डटकमसँग कुरा गर्दै नेपालका लागि प्रबुद्ध समूहका संयोजक समेत रहेका पूर्व परराष्ट मन्त्री भेष बहादुर थापाले दुई देशको आपसि हितका विषयमा महत्वपूर्ण छलफल भएको बताएका छन । संयोजक थापाले सीमा विवाद,असमान सन्धि लगाएतका महत्वपूर्ण विषयहरुमा आज पनि छलफल जारी रहेको भन्दै साँझसम्ममा ठोस निष्कर्षमा पुग्ने जानकारी दिए ।

उनले भने–‘हामीले अत्यन्त गम्भिरताका साथ नेपालको हित र दुई देशबीचको सम्बन्धमा देखिएका असमझदारीका विषयहरुलाई छलफलमा उठाएका छौ । छलफल अत्यन्त सकारात्मक रुपमा बढेको छ । सम्भवत आज साँझसम्म बैठकले केही महत्वपूर्ण निर्णय गर्छ र यो चरणको बैठकको समापन हुन्छ होला । बाँकी कुरा पछि एकै पटक सार्वजनिक गर्छौ ।’

यसअघि गत चैत ४ देखि ६ हुने भनिएको प्रबुद्ध समूहको बैठक निर्धारण गरिएको समयममा बस्न सकेको थिएन । बैठकको अन्तिम समयमा आएर भारतीय प्रबुद्ध समूहका संयोजक तथा भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारीको उत्तराखण्डको निर्वाचनमा ब्यस्ताता भएको कारण बैठक स्थगित भएको थियो ।

प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौंमा गत असारमा सम्पन्न भएको थिाये । उक्त बैठकमा पनि सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलाई छलफलको मूख्य विषयका रुपमा प्रवेश गराइएको थियो तर त्यसको कार्यान्वयन भने विभिन्न कारणले हुन सकेको छैन ।

उक्त बैठकले नेपाल–भारतबीच देखिएका सम्पूर्ण असमान सन्धि सम्झौता र अन्य विषयहरुको पुनरवलोकन गर्ने निर्णय पहिलो बैठकले गरेकोगरेको थियो । त्यसपछि गत कात्तिक तेस्रो साता भारतमा सम्पन्न भएको दोश्रो बैठकमा पनि नेपालले तिनै विषयलाई विषेश महत्का साथ उठान गरेको थियो ।

दुई देशबीचको विवाद मिलाउनका लागि नेपालको लागि पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई, पूर्वकानूनमन्त्री निलाम्बर आचार्य समेत रहेको समूह गठन गरिएको छ भने भारतद्वारा गठित प्रबुद्ध समूहमा नेपालका लागि भारतीय पूर्वराजदूत जयन्त प्रसाद, जवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी.लामा, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारी र बिसी उप्रेती रहेका छन्।

सन् १९५० जुलाई ३१ का दिन गरिएको उक्त सन्धि असमान भएको भन्दै नेपालका विभिन्न राजनीतिक दल,नागरिक समूह र नागरिकहरुले त्यसको विरोध तथा खारेसजको माग समेत राख्दै आएका छन । उक्त सन्धिका कारण पछ्रिल्लो समयमा दुई देसबीचको समम्बन्धमा गिरावट आएके भएपनि नियमित सम्बनध सुधारको कोसिशहरु र्भराखेका छन ।