मधेसी मोर्चाका दलहरुबीच एकीकरण हुँदै

यादव नेतृत्वको संसफोले एकता नगर्ने

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका दलहरूले एकता प्रयास थालेका छन् । आलो पालो प्रणालीमा नेतृत्व लिनेगरि उनीहरु एकता प्रउयास अघि बढाएका छन् ।

उक्त कार्यक्रममा मधेशी मोर्चामा रहेको दलहरुमध्ये उपेन्द्र यादव नेतृत्वको संघिय समाजवाली फोरमले एकता नगर्ने बताएको छ ।

नेपाली रेडियो नेवटर्कको नेपाली बहस कार्यक्रममा ऋषि धमलासँग कुराकानी गर्दै उनले मोर्चामा सात दल आबद्ध भए पनि तत्कालका लागि जति सकिन्छ त्यति दलबीच एकता हुने बताए ।

चुनाव अघि नै मोर्चामा रहेका दलहरु एउटै झण्डा मुनी आउनेगरि छलफल भइरहेको मोर्चाका नेता रामनरेश रायले जानकारी दिए ।

उनले अध्यक्ष भन्दा समिति महत्वपूर्ण हुनेगरि कार्यविभाजन गरिने र अध्यक्ष सेरोमोनियल हुने बताए । शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीचको एकता नजिक पुगिसकेको छ ।

‘विचार, सिद्धान्त, लक्ष्य, उद्देश्य एउटै छ, तर अध्यक्ष पदका लोभीपापी यहाँ बढी छन्,’–रायले भने–‘अध्यक्ष पदकै कारण पार्टी एकीकरणमा समस्या भएको छ । अब अध्यक्ष पद भन्दा समिति महत्वपूर्ण हुनेगरि छलफल भइरहेको छ ।’

पहिलो चरणमा मधेसी मोर्चामा रहेका दलबीच पार्टी एकीकरण गरेर दोस्रो चरणमा मोर्चाबाहिर रहेका दलबीच पार्टी एकीकरण गरिने योजना रहेको उनले बताए ।