६ महिना बितिसक्दा पनि नतिजा प्रकाशनमा ढिलाई

उम्मेदवार मर्कामा

काठमाडौं । लोकसेवा आयोगले अन्तरवार्ता भएको ६ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नगर्दा परीक्षामा सहभागी उम्मेदवार मर्कामा परेका छन् ।

आयोगले स्वास्थ्य सेवातर्फको पाचौँ तहको हेल्थ असिस्टेन्ट पदको गत कात्तिकमा अन्तवार्ता सम्पन्न गरेपनि नतिजा अहिलेसम्म प्रकाशन नगर्दा उम्मेदवार मर्कामा परेका हुन् ।

शंकर विष्टका अनुसार आयोगले सोही तहको मध्यमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्रको नतिजा प्रकाशन गरेपनि अन्य विकास क्षेत्रको नतिजा प्रकाशित नगर्दा करिव एक हजार उम्मेदवार पीडित बनेका छन् ।

विसं २०७२ माघ २७ गतेको विज्ञापनबाट खुलाइएको उक्त पदको लिखित परीक्षा उत्तीर्ण गरेका उम्मेदवारको अन्तवार्तासमेत भइसकेको छ । आयोगले सोही पदका लागि पुनः विज्ञापन गरेपनि अहिलेसम्म गत वर्षको विज्ञापनबाट नै पदपूर्ति गर्न सकेको छैन ।

हेल्थ असिस्टेन्ट एसोसियसन नेपाल ९हान०का उपाध्यक्ष प्रकाश परियारले सोही तहको परीक्षाको नतिजा प्रकाशित गरेर अन्यले जागिर खाएपनि आफूहरु आयोगले नतिजा प्रकाशित नगर्दा मर्कामा परेको बताए ।

आयोगका सहप्रवक्ता गीताकुमारी हुमागाईले केही उम्मेदवारले सर्वोच्च अदालतमा रिट दायर गरेकोले नतिजा प्रकाशनमा ढिलाई भएको बताइन। रासस