निर्वाचन आयोगको निर्णय: राजनीतिक कार्यक्रममा मन्त्री सहभागी हुन पाउने

निधि र कमल थापाले आचारसंहिताको उल्लंघन गरेको भन्दै आलोचना

काठमाडौँ । आगामी ३१ वैशाखमा हुने स्थानीय निकायको निर्वाचनमा मन्त्रीहरूको दबाबपछि निर्वाचन आयोगले राजनीतिक कार्यक्रममा मन्त्रीहरू सहभागी हुन पाउने निर्णय गरेको छ ।

उम्मेदवारले चुनाव चिह्न पाउने दिन वैशाख १९ सम्म मन्त्रीहरू राजनीतिक कार्यक्रममा सहभागी हुन पाउने निर्णय आयोगले गरिदिएको छ ।

सरकारी पक्षबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको आरोप लागिररहेका बेला आयोगले मन्त्रीहरूलाई चुनावी सभा, र्‍याली, सम्मेलनमा सहभागी हुन पाउने छुट दिएको हो । हिजो एक कार्यक्रमबीच आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले त्यस्तो कुरा बताएका हुन ।

राजनीतिक कार्यक्रममा रोक लगाउने आयोगको निर्णय फिर्ता लिनुपर्ने मन्त्रीहरूको व्यापक दबाबपछि आयोग आचारसंहितामा लचिलो बनेको स्रोतले बतायो ।

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापालगायत अन्य मन्त्रीहरूले पनि आचारसंहिता उल्लंघन गरेको भन्दै आलोचना भएको थियो ।

सरकारी स्रोत साधन प्रयोग नगरी मन्त्रीहरूलाई राजनीतिक कार्यक्रममा सहभागी हुन पाउने निर्णय भएको छु, उम्मेदवारले चुनाव चिह्न पाउने दिन वैशाख १९ सम्म मन्त्रीहरू राजनीतिक कार्यक्रममा सहभागी हुन पाउने निर्णय आयोगले गरिदिएको छ ।