संसदका सवारीसधान कर्मचारीहरुले दुरुपयोग

काठमाडौं । व्यवस्थापिका संसद सचिवालयमा राखिएका २२ वटा सवारीसधानलाई नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क आवत जावत देखि जन्ती, मलामी, तथा कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत दुरुपयोग गरेको पाइएको छ ।

संसदको सवारीसाधनलाई कर्मचारीले आफ्नो घरमा तरकारी खरिदका लागि समेत प्रयोग गर्दै आएको पाइएको छ।

संसद सचिवालयभित्रै यसबारेमा व्यापध विरोध भएको छ। सरकारी सम्पत्ति यसरी दुरुपयोग भइरहँदा राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने हुँदा सचिवालयले यस्तो कार्यमा नियन्त्रण गर्न भनेको छ ।

यसबारे कसैले पनि अनुगमन र नियन्त्रण गरेको छैन। सभामुख ओनसरी घर्ती मगरले यसबारे खासै महत्व दिएको पाइएको छैन । यो खबर आजको राजधानीमा प्रकाशित छ ।