राजीनामा दिने मनस्थितिमा पुगे गृहमन्त्री निधि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट केही दिनभित्रै राजीनामा दिने यनी निकटठ स्रोतको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आफूलाई वरियतामा दोस्रो नम्बरमा अर्थात वरिष्ठ उपप्रधानमन्त्री नबनाई अपमान गरेको भन्दै कांग्रेस नेता समेत रहेका निधि राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

उसो त प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवासँग चिढिएका निधिले आफ्ना निकटस्थसँग प्रचण्ड सरकारको ९ महिने कार्यकाल )साउन २१ देखि चैत २१ सम्म) अर्थात आयु सकिएको बताउने गरेका छन् ।

यता प्रधानमन्त्री प्रचण्डले वरिष्ठ उपप्रधानमन्त्री तपाई नै हो भनेर निधिलाई आश्वासन दिने गरेका छन् । तर, राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई आन्तरिक रुपमा वरिष्ठ उपप्रम बनाउने प्रचण्ड र देउवाबीच सहमति भएको सूचना पाएपछि निधि रुष्ट बनेका हुन् ।