मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचनः मन्त्री शर्मा

अब सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुग्छ

रुकुम । ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएकन छन ।

मन्त्री शर्माले भने–‘सिंहदरबारको अधिकार गाउँ÷गाउँसम्म पु¥याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन अनिवार्य छ ।’

आज बिहान यहाँ ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पु¥याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने दावी गरेका हुन ।

उनले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’ अभियान मार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिए ।

सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उनले बताए । रासस