लोक भावनाप्रतिको निष्ठा नेपाल सरकारले भोग्नू परेको खडेरी होः पूर्व राजा शाह

लोकसम्मत राज्य व्यवस्था आवश्यकता रहेकोमा जोड

काठमाडौँ। रामनवमीको अवसरमा आज पूर्व राजा ज्ञानेन्द्र शाहले परम्परागत मुल्य मान्यता, सत्यता र जनताको भावनाप्रतिको निष्ठाका कारण नेपाल सरकारले खडेरी भोग्नुपरेको बताएका छन्।

पूर्व राजा शाहले रामनवमीको अवसरमा शुभकामना दिंदै त्यसतो बताएका हुन ।

उनले शुभकामना दिने क्रममा भने–‘आजको नेपालमा भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था आवश्यकता रहेको छ । आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता एवं गरिमाको संझना गराउंदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ ।’