विद्यालय शिक्षाका समस्या निराकरण विषयक अन्तरक्रिया सम्पन्न

शैक्षिक सुधारमा सबैले सघाउनु पर्नेमा जोड

काठमाडौं । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले विद्यालय शिक्षाका समस्या निराकरण विषयक अन्तरक्रिया कार्यक्रम  सम्पन्न गएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सबै पक्ष मिलेर शैक्षिक सुधार गर्न सकिनेमा जोड दिएका छन्।

उक्त कार्यक्रम युनियन हाउस अनामनगरमा सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्री धनिराम पौडेल लगाएत शिक्षा क्षेत्र सम्वद्ध निकायका प्रतिनिधिहरु रहेका छन ।

उक्त कार्यक्रममा काठमाडौं जिल्ला अधिकारी जयराज आचार्य, अभिभावक संघका अध्यक्ष, पेब्सन, एन पेब्सनका अध्यक्ष लगाएतका व्यक्तित्व र विद्यार्थीहरु सम्मेलित रहेका छन ।

कार्यक्रममा सहभागीहरुले शिक्षा क्षेत्रका समस्यालाई औल्याउदै समाधानका लागी विभिन्न विषयमा प्रस्ट पारेका छन ।