रुकुममा माओवादी केन्द्र र क्रान्तिकारी माओवादीबीच एकता

अन्य पार्टीलाई धक्का हुने क्रान्तिकारीको विश्वास

रुकुम । रुकुममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बीच स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टी एकता भएको छ ।

नेकपा माओवादी केन्द्र रुकुमका संयोजक गोपाल शर्मा र क्रान्तिकारी माओवादी रुकुमका सेक्रेटरी प्रेमजंग शाहले प्रेस विज्ञप्तिमार्फत त्यसतोे बताएका हुन ।

उक्त विज्ञप्तिमार्फत भने–‘ समग्र क्रान्तिकारीहरुलाई एकता प्रक्रियाले थप उत्साहित पार्दै प्रतिक्रियावादी र यथास्थितिवादीलाई ठुलो धक्का दिने र अझ उचाईमा उठाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।’