दोलखामा बस दुर्घटनाः ७ जना घाईते

दुईको अवस्था गम्भिर

रामेछाप । काठमाडौबाट चरिकोटतर्फ जादै गरेको यात्रुबाहक बस एकासि नियत्रणबाहिर जादा भएको दुर्घटनाबाट ७ जना यात्रुहरुघाईते भएका छन् भने २ जनाको अवस्था अत्यन्त गम्भीर रहेको छ।

आज बिहान करिब १० बजे बा २ ख ६२०४ नम्बरको अरनिको सगरमाथा यातायात समितिको यात्रु बाहक बस भिमेश्वर नगरपालिका ७अन्र्तगत पर्ने सडक बाट तल खस्दा उक्त दुर्घटना भएको हो ।

दुर्घटना लगतै स्थानीय बासीले घाइतेहरुलाई दोलखा सामुदायिक अस्पतालमा पुर्याएका थिए । अहिले घाइतेको उपचार भइरहेको हरपल नेपाल डट कमलाई चरिकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बसले नियन्त्रण गुमाएपछि सडक बाट केहि तलतिर रहेको उत्तिसको रुखमा अडिएको छ । उक्त रुखमा बस अडिएकाले तल नखस्दा बस ठुलो क्षेतिबाट जोगीएको छ ।
उक्त दुर्घटनामा परेको बसका यात्रुहरुलाई सकुसल उद्धार गरिएको र कुनै मानवीय क्षेति नभएको प्रहरीले बताएको छ ।