माओवादी केन्द्रले उम्मेदवार घोषणा गर्यो

बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ ।

नेकपा माओवादी केन्द्रले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कुँवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी र्दिए ।

यस्तै, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ, उनले भने–‘चैत २५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाइसक्नेछौँ ।’रासस