जग्गा बेचेर तलब दिने तयारीमा सरकारी संस्था

काठमाडौं । सरकारले नेपाल ट्रेडिङ लिमिटेडको जग्गा बिक्री गरि कर्मचारीलाई स्वैच्छिक अवकाश दिने तयारी गरेको छ।

ट्रेडिङ लिमिटेडमा घाटा चुलिएपछि जग्गा बिक्री गरेर भएपनि कर्मचारीलाई अवकाश गराउने तयारीमा सरकार जुटेको हो।

आय स्रोत नभएपछि लिमिटेडको नोक्सानी बर्सेनी बढ्दै गएको छ । आपूर्तिमन्त्री दीपक बोहराले भने–‘ति कर्मचारीलाई अवकाश दिनुपर्ने भएकाले जग्गा बिक्री गर्न लागेका हौं । यो खबर आजको कान्तिपुरमा प्रकाशित छ ।