प्रचण्डले आफुमाथि षड्यन्त्र गरेको डा.भट्टराई आरोप

दलिय चुनाव चिन्ह नभए निर्वाचनमा जान कुनै औचित्य छैन

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले आफुमाथि षड्यन्त्र गरिरहेको आरोप लगाएका छन ।

संसदमा प्रतिनिधित्व नगरेका दललाई निर्वाचन पार्टीको निर्वाचन चिन्ह नदिने भएपछि उनले चुनावमा भाग लिनुको कुनै औचित्य नभएको पनि बताएका हुन । उनले दलीय हैसियतमा चुनाव चिन्ह नदिएसम्म स्थानिय तहको चुनाव हुन नदिने दावी गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै स्थानिय तहको कानुन बनाउदा रातारात राजपत्रमा प्रकाशित गरेको बताए ।

डा. भट्टराईले भने–‘पुराना राजनीतिक शक्तिहरुले विभिन्न हतकण्ठा प्रयोग गरेर नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र भइरहेको छ, प्रचण्ड कुर्सीमा बस्ने कमिसन र भ्रष्टाचारमा रमाउने बाहेक केही गर्न सक्दैनन, म माथि षड्यन्त्र भइरहेको छ ।’

प्रमुख तीन दल वाहेक अरुलाई चुनावमा नलैजाने षड्यन्त्र स्वरुप निरंकुश निर्णय गरेको बताए । यो सरकार जति भ्रष्टचार सरकार अहिलेसम्म आफुले नदेखेको आरोप लगाए ।

कुनै बेलाका आफ्ना सहयोद्धा पुष्पकमल दाहाल सरकारलाई भ्रष्ट र निरंकुश भएको भट्टराईले आरोप लगाएका छन् ।

उनले भने–‘भ्रष्ट र निरंकुश प्रचण्ड सरकारका विरुद्ध संयुक्त आन्दोलन जारी रहन्छ हेर्दै जानुहोला जनता नै सडकमा आउनेछन् ।’