फेसबुक मार्फत हिसिलालाई बलात्कार गर्छु भन्नेलाई कार्बाहीको चेतावानी (अभिव्यक्तिसहित)

नयाँ शक्तिले विज्ञप्ति निकाल्यो

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीकी नेतृ हिसिला यमी र छोरी मानुषीलाई सामाजिक सञ्जाल (फेसबुक)मा अमृत ओली र कृष्णबहादुर शाही नामका मानिसहरुले अत्यन्त अश्लील शब्द प्रयोग गरेको भन्दै नयाँ शक्ति पार्टीका नेता,कार्यकर्ताहरुले आक्रोश ब्यक्त गरेका छन ।

फेसबुकमा नेता यमि र उनकी छोरीको नाममा जथाभावि लेखेको भन्दै नयाँ शक्ति पार्टी निकटको प्रवास संगठन कतारका संयोजक समेत रहेका बिबि खरालले विज्ञप्ति मार्फत अप शब्द प्रयोग गर्नेलाई कार्वाही गर्नुुपर्ने बताएका हुन ।

नयाँ शक्ति कतारका संयोजक खरालले विज्ञप्ति मार्फत भनेका छन–‘अमृत ओली र कृष्णबहादुर शाहीलाई भौतिक कार्बाही गर्नेलाई नगद ५ लाख पुरस्कार दिइने छ । उनीहरुले नयाँ शक्ति पार्टीकी नेतृ यमिप्रति अत्यन्त अश्लील शब्द प्रयोग गरेका छन ।’

दलिय चुनाव चिन्हको माग गर्दे काठमाडौंमा विभिन्न राजनैतिक दलहरुले गरेको आन्दोलदको क्रममा नेता यमिले देश खारेज हुनुपर्ने शब्द बोलेको भन्दै सामाजिक संजालमा उनको आलोचना भएपछि उनले पत्रकार सम्मेलन आयोजना गरेरै आन्दोलनको क्रममा आफुबाट अन्जान बस उक्त शब्द प्रयोग हुन गएको भन्दै माफि मागेकी थिइन ।

नेता यमिले पत्रकार सम्मेलन मार्फत आफुमा नेपाल प्रति प्रगाढ स्नेह रहेको र त्यो शब्द अचेत अवस्थामा प्रयोग भएको भन्दै स्पष्ट पारेपछि पनि उनीको त्यहि विषयलाई लिएर फेसबुकमा ति युवकहरुले मनमर्जि लेखेका छन ।