काँग्रेस नेता शाहको हत्याको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

७ जना पक्राउ

जाजरकोट । जाजरकोटका काँग्रेस नेता रविन्द्रशम्सेर शाहको खलंगा थाप्लेचौर सातदुला स्थित सडकमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ७ जना कार्यकर्ताहरुले हत्या गरेको प्रहरीले जनाएको छ। ती मध्य २ जनालाई पक्राउ गरिएको छ।

आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले त्यसतो बताएका हुन ।

भेरी अन्चल प्रहरी प्रमुख उपरीक्षक शाहका अनुुसार पक्राउ परेका ठगेन्द्रवहादुर सिंह (शिव) र डिलवहादुर राना (डिल्ली) विप्लवकै कार्यकर्ताहरु हुन ।

यस घटनामा संलग्न थप व्यक्तिहरु क्रमश बलवहादुर मल्ल (पौरख), प्रेम वली (इतिहास), इन्द्र शाही (मोहित सिंह),दीर्घवहादुर नेपाली (अभिसेक) रहेका छन र सुर्खेतको एक विप्लव कार्यकर्ता जसको नाम खुलेको छैन ।

ठेक्कापट्टा र लेनदेनका साथै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चन्दा माग्दा उनीहरुसंग भएको विवादका कारण हत्या भएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा १३ जना व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिएको र ती मध्य ८ जनालाई छोडिसकिएको र अन्यलाइ थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी भावेस रिमालले बताए।

टेलिफोन कल डिटेल, पोलिग्राफ परीक्षणका आधारमा गरिएको अनुसन्धानवाट हत्याको कारण र हत्यामा संलग्नहरुको पहिचान भएको उनले बताए।