तामाकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा
अब वर्षमा ६ महिना विजुली निर्यात
प्रकासित मिति : २०७३ चैत्र २२, मंगलवार
प्रकासित समय : १५:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तामाकोशी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन ।
आज घिसिङले पत्रकार सम्मेलन गरी त्यसतो बताएका हुन । तामाकोशी जलविद्युत पूर्णरुपमा निर्माण भए पश्चात नेपालले एक बर्षमा ६ महिना बिजुली बेच्न सक्ने बताएका छन ।
उनले विद्युतको माग बढाउनु पर्ने र जुन अहिले काठमाडौंमा भएका ४०० मेगावाट क्षमताका ट्रान्सर्फमरलाई अपग्रेड गरेर १००० मेगावाट बनाउनु पर्ने बताएका छन ।
यसै गरी चमेलिया र कुलेखानी जल विद्युत्लाई आर्थिक वर्षको अन्त्यतिर तेस्रो सञ्चालनको रुपमा ल्याई बिस्तारै भारत बाट गरिने बिजुली आयतलाई कम गर्ने बताएका छन ।