पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारीको अध्यक्षमा विमला कठायत

५१ सदस्यीय समिति गठन

काठमाडौं । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले राजधानीको पद्यमकन्या क्याम्पसमा आफ्नो इकाई समिति पुर्न गठन गरेको छ ।

आज आयोजित क्याम्पसको भेलाले अध्यक्षमा विमला कठायतलाई निर्वाचित गरेको छ । बसन्ता भण्डारीको सभापतित्वमा सम्पन्न पद्यमकन्या क्याम्पसमा क्रान्तिकारीको पाँच औं इकाई सम्मेलनले ५१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

उक्त सम्मेलनमा क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्मा,प्रदेश नम्बर तीनका सह संयोजक डिबि साउद, सचिवालय सदस्य बिस्नु महत,केन्द्रीय सदस्य पवन कार्की लगाएतका नेताहरुको समेत उपस्थिती रहेको थियो ।