गच्छेदार स्थानीय निकायको चुनावमा भाग लिने

मधेसका मुद्दा समाधान गर्नुपर्नेमा जोड

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले आफ्नो पार्टी स्थानिय तहको चुनावमा भाग लिने बताएका छन । एक रेडियो कार्यक्रममा ऋषि धमलासँग कुराकानी गर्दै गच्छेदारले त्यस्तो बताएका हुन ।

उनले भने–‘मधेसी मोर्चामा रहेका दलहरु चुनावमा नगएपनि हाम्रो पार्टी स्थानीय तहको निर्वाचनको सदुपयोग गर्छ । हामी चुनावको तयारीमा जुट्दैछौँ ।’

उनले कुनै आसंका नगरी निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । संविधान संसोधन गर्ने समय बाँकि भएकाले पहिला स्थानीय निर्वाचन गरेर मधेसको मुद्दा समाधान गर्नुपर्ने उनको जोड थियो ।