सत्तासाझेदार दलसँंगको समझदारी कांग्रेसद्धारा अस्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाले उठाएका सरोकारका विषयलाई सम्बोधन गरी उनीहरूलाई पनि निर्वाचनमा ल्याउन केही समय मिति सार्न या दुई चरणमा चुनाव गर्न सत्तासाझेदार दलसँंग गरेको समझदारी प्रयास कांग्रेसले अस्वीकार गरेको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर निर्वाचन सार्ने या दुई चरणमा गर्ने विषय कांग्रेसलाई मान्य नहुने बताएका हुन् ।

सभापति शेरबहादुर देउवासँंगको परामर्शपछि सिटौला प्रधानमन्त्री दाहाललाई भेट्न बिहानै बालुवाटार पुगेका थिए ।

वैशाख ३१ मै निर्वाचन गर्ने हाम्रो पार्टीको बटमलाइन हो । यसबाट दायाँबायाँ गर्न सकिन्न, प्रधानमन्त्रीसँग भेटेपछि सिटौलाले भने–‘निर्वाचन सार्नुले राजनीतिक अन्योल खडा हुने र त्यसपछिका निर्वाचनसमेत प्रभावित हुन गई मुलुक रिक्तताको स्थितिमा पुग्छ ।’ यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।