विमानस्थलमा चितुवा खोज्दा स्याल मृत अवस्थामा फेला

कुकुर तथा चराहरूका कारण उडान–अवतरण जोखिमपूर्ण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितुवा पसेको खबर पछि धावनमार्ग करिब १५ मिनेट बन्द गरी चितुवा खोज्ने क्रममा साँझ सिकारीले ट्याक्सी वे ‘चार्ची सी’नजिकैको ड्रेनमा दुईवटा स्यालका बच्चा मृत अवस्थामा फेला पारेका छन् ।

विमानस्थलको धावनमार्ग प्रवेश गर्ने पाँचवटा ट्याक्सी वेमध्ये ‘सी’ नम्बरको वेनजिकको नालामा दुईवटा स्यालका बच्चा मरेको अवस्थामा फेला परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।

हाम्रो आशंकाअनुसार चितुवा दाबी गरिएको जनावर स्याल थियो उनले भने–‘तर, सिकारीहरूले विमानस्थललाई निरन्तर निगरानीमा राखिरहेका छन् ।’

त्रिभुवन विमानस्थलमा निरन्तर जंगली जनावर, कुकुर तथा चराहरूका कारण उडान–अवतरण जोखिमपूर्ण बन्दै गएको छ ।यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।