कमल थापालाई कडा झड्काः सिंगो हुम्ला पार्टी  नै एकिकृत राप्रपा राष्ट्रिवादीमा विलिन (पत्रसहित)

बाँकेमा पनि सिंगो समिति लोहनीको पार्टीमा आउँदै

काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता महाधिवेशन भएको महिना दिन नपुग्दै नयाँ पार्टी गठन गर्न पुगेका डा. प्रकाशचन्द्र लोहनी निवास धुम्बाराहीमा आजभोली विभिन्न जिल्लाबाट आएका पुराना नेताहरुले भरीभरीउ हुने गरेको छ ।

सोमबार हरपल नेपाल डटकम त्यहाँ संवाद कार्यक्रमको लागि पुग्दा डा. लोहनी विभिन्न जील्लाबाट आएका नेता,कार्यकर्ताहरुसँगको भेटघाटमा बेस्त देखिन्थ्य । घरभरी मानिसहरुको उपस्थिती रहेको थियो ।

डा लोहनीले नयाँ पार्टी गठन गरेपछि पहिलो पटक आज राप्रपाको सिंगो हुम्ला जिल्ला समिति नै एकिकृत राप्रपा (राष्ट्रवादी) मा आएको छ । त्यसका साथै बाँके लगाएतका केह िजिल्लाहरु समेत डा. लोहनीले नेतृत्व गरेको पार्टीमा आउने कुरा पक्का भएको युवा नेता सुन्दर पाण्डेले हरपल नेपालसँग बताए ।

आज राप्रपाको हुम्ला जिल्ला समितिले एकिकृत राप्रपाको नाममा पत्र लेख्दै अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, प्रवक्ता सहित १९ सदस्यीय सिंगो जील्ला समिति विघटन गरी एकिकृत राप्रपा तदर्थ समिति गठन गर्ने निर्णय गरेको जनाएको हो ।

उक्त पत्रमा भनिएको छ–‘हामी राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति हुम्लामा रहेकोमा आजको मितिदेखि उक्त जिल्ला समिति विघटन गरी एकिकृत राप्रपा राष्ट्रिवादीमा समाहीत हुदै तदर्थ जिल्ला समिति गठन गर्र्ने निर्याण् गरेका छौ ।’

हुम्ला जिल्ला अध्यक्ष सुमन रावतद्धारा जनाइएको उक्त पत्रमा १९ विभिन्न २९ जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन ।

एकिकृत राप्रपाका अनुसार राप्रपाबाट सिंगो पार्टीनै आउने कामको आजबाट सुरुवात भएको छ,विभिन्न जिल्लाहरुबाट आडै नेताहरु त्यसरी आउने क्रममा रहेका छन ।

स्थानीय निर्वाचनको मुखमै राप्रपा विघटन हुनु र पार्टी विघटनपछि पनि केन्द्रीय र जिल्ला स्तरका नेताहरुलाई थेग्न नसक्दा आगामि निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा कमजोर हुने आँकलन समेत गरिन सुरु भएको छ ।