नेकपा माले र नयाँ शक्तिका ३० जना युवा नेता माओवादी केन्द्रमा प्रवेश

भन्छन–‘जनताको अधिकार माओवादीले मात्र स्थापित गर्न सक्छ’

काठमाडौं । स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै गर्दै आज नेपाल कम्युनिष्ट पार्टी माले र नयाँ शक्ति पार्टी,नेपालका करिब तीन दर्जन युवा नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्मा र मालेको विद्यार्थी संगठन अखिल पाँचौंका उपाध्यक्ष मिनकुमार शिवाकोटीले संयुक्त रुपमा हस्ताक्षर गर्दै आज एक विज्ञप्ति मार्फत केन्द्रीय समितिको जिम्मेवारीमा रहेका नेताहरु सहित तीस जनाले माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीमा प्रवेश गरेको जनाएका हुन ।

उक्त विज्ञप्ति अनुसार मालेको विद्यार्थि संगठनका उपाध्यक्षको नेतृत्वमा पाँच जना केन्द्रीय सदस्य सहित आठ जना नेताहरु र नयाँ शक्ति पार्टी नेपालको विद्यार्थि युनियनबाट दुई जना केन्द्रीय सदस्यसहित २२ जना युवा नेताहरु माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीमा प्रवेश गरेका हुन ।

प्रवेश गर्नेहरुमा अलिख पाँचौका केन्द्रीय नेता मिन कुमार शिवाकोटी,राम प्रसाद आर्चाय, झलक शर्मा, मेलिशा कार्की–दोलखा अध्यक्ष,नवराज चौलागाँई–पोखरा विश्व विद्यालय, सिन्धुपाल्चोक अध्यक्ष–दिपक गिरी, विजय चौलागाँई, भक्तपुर अध्यक्ष–नविन गिरी लगाएतका विद्यार्थी नेताहरु रहेको जनाइएको छ ।

त्यसैगरी नयाँ शक्ति विद्यार्थि युनियनबाट अनुज जोशी र आस्वीन वास्ताकोटी केन्द्रीय सदस्य सहित विनोद श्रेष्ठ, वसन्त श्रेष्ठ, दिनेश गौैतम ,देव वोशरा, रविन देवकोटा, सन्ध्या पोख्रेल, सन्तोष गौतम, नारायणी थापा, गणेश पौडेल, आशा पोख्रेल, अरती पाठक , गोविन्द आचार्य, दिव्या खरेल, सुरज रिमाल, टिकाराम आचार्य, हिमाल श्रेष्ठ, सञ्जय बुढाथोकी, वंमवहादुर सृजाली, साजन पन्त र धनवहादुर अधिकारीले अखिल क्रान्तिकारीमा प्रवेश गरेको विज्ञप्ति मार्फत बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘नेपाली जनताको बलिदानी र्पूण संघर्षको परिणाम स्वरुप जारी संघीय गणतान्त्रात्मक संविधान कार्यान्वयनको प्रारम्भीक प्रक्रिया स्वरुप स्थानीय तहको निर्वाचनमा सिंड्डो देश होमिइसकेको छ । माआवादी जनयुद्धले उठान गरेका जनताका अधिकारको कार्यन्वयन पन माओवादीले नै गर्ने विश्वासका साथ अखिल क्रान्तिकारीमा प्रवेश गरेका छौ ।’