भैरहवामा प्रहरी र प्रर्दशनकारीबीच झडपः केही घाइते

प्रहरीद्धारा लाठी चार्ज

भैरहवा । विभिन्न ६५ दलले दलीय चुनाव चिन्ह पाउनु पर्ने माग राख्दै आज जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने क्रममा देशका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

भैरहवामा भएको निर्वाचन कार्यालय घेराउको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुदाँ त्यहाँको अवस्था केहीबेर तनावग्रस्त बन्यो ।

धर्नामा बसिरहेका नेता कार्यकर्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्दै झडपको स्थिती आएको आन्दोलनकारीको भनाइ रहेको छ । भने त्यहाँ आन्दोलनकारीले निर्वाचन कार्यालयमा कर्मचारीहरुलाई प्रवेश गर्न नदिएपछि झडपको स्थीति आएको प्रहरीले हरपल नेपालसँग बताएको छ ।

दोहोरे झडपको क्रममा नयाँ शक्ति पार्टीका नेता तथा संघीय परिषद् सदस्य गोविन्द केसीको हात भाँचिएको नयाँ शक्तिले बताएको छ । त्यसैगरी स्थानीय पंकज राईको पनि हातमा चोट लागेको जनाइएको छ ।

नयाँ शक्ति पार्टी,क्रान्तिकारी माओवादी लगाएतका विभिन्न ६५ दलहरुले स्थानीय निकायको निर्वाचनमा आफुहरुले पनि दलिय आधारमा निवाचन चिन्ह पाउनुपर्ने माग राख्दै देशैभर आन्दोलन जारी राखेका छन् ।