सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्डमा दुई जनाको मृत्यु

पहिरोमा परेकाको उद्धार भइरहेको हुँदा मृतकको सङ्ख्या बढ्ने अनुमान

मुग्लिन–नारायणगढ बाटो । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधन पुरिएका हुन । उक्त पहिरोबाट घटनास्थलमै सल्यान रेशराज रानाको मृत्यु भएको छ । उनको लाइसेन्सबाट सनाखत भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पहिरोमा परी गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुर लगिएका मध्य एक जनाको मृत्यु भएको छ । जसको परिचय खुलेको छैन ।

उक्त पहिरोमा परेर पाँच वटा मोटरसाइकल, एउटा ट्याङ्कर, एउटा ट्रक, एउटा टाटामोबाइल गाडी, एउटा कारसहित ९ वटा सवारी साधन पुरिएका छन ।

उक्त पहिरोमा परेकाहरुको उद्धार भइरहेको हुँदा मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान जिल्ला प्रहरी कार्यालय चितवनले लगाएको छ ।