एकता महाधिवेशनपछि नेतृत्वमा देखिएको एकतन्त्रीय प्रवृतीको कारण नयाँ पार्टी खोल्न बाध्यता आयो: डा. लोहनी (भिडियोसहित)

‘हामी निर्वाचनमा जान्छौ तर दलिय आधारमा चुनाव चिन्ह पाउनु पर्छ’

 

हरपल नेपाल डटकमद्धारा आयोजित ‘हरपल संवाद’ कायक्रममा नव गठित एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्थानीय निकायको चुनावको लागि निर्वाचन कार्यालयले दलिय आधारमा चुनाव चिन्ह दिनुपर्ने बताएका छन ।

उनले कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक,बैचारीक विषयमा देखिएको मतभेदका कारण राप्रपाको एकिकरण अधिवेशन भएको छोटो समयमै आफुले नयाँ पार्टी गठन गर्नुपरेको तर्क गरेका छन । पार्टीको भावि कार्यदिशा र चुनावको तयरीका विषयमा अध्यक्ष लोहनीसँग हरपल नेपालले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ । हेर्नुहोस भिडियो सामाग्री सहित……

१) अहिले के काममा ब्यस्त हुनुहुन्छ ?

अहिले म लगाएत सिंगो पार्टी कमिटी संगठन निमार्णको काममा ब्यस्त छौ ।

२) तपाईले राप्रपामा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुभएको छ, किन नयाँ पार्टी गठन गर्नुको जरुरी महसूस गर्न भो तपाईले ?

तपाईले एकदमै राम्रो प्रश्न गर्नुभएको छ । हामीले राप्रपा र राप्रपा नेपालबिच पार्टी एकिकरण भएको एक महिना नबित्दै किन नयाँ पार्टी गठन गर्नुपर्ने आवश्यकता भयो भन्ने प्रश्न सबैको मनमा रहेको छ । वास्तवमा एकिकृत राप्रपा राष्ट्रवादीको गठन हुनुका दुई वटा कारणहरु रहेका छन । पार्टीको आनतरिक कारण र अन्य कारणले पार्टी विभाजनमा भुमिका खेलेको छ । मलाई पहिले के लाग्दथ्यो भने राप्रपामा पद्म सुन्दर लाउते,केशब बिष्ट, कमल थापा जी हामीले सँगै काम गरेका हौ । पद्म सुन्दर लाउते एउटा सिजन पोल्टीसियन,सबैले मान सम्मान गरेको राजनेताले किन पार्टी छोड्नु पर्यो ? किन उनले पार्टीबाट बाहिर निस्कनु पर्यो भन्ने मलाई त्यतिबेला लाग्दथ्यो । त्यस्तै केशब बहादुर बिष्ट पनि एउटा पढे लेखेको, राजनीतिक चरित्र सफा भएको मान्छे किन पार्टीबाट बाहिरीनु पार्यो भन्ने विषयमा पनि मैले बुझेको थिएन।

हरपल नेपाल डटकमद्धारा आयोजित ‘हरपल संवाद’ कार्यक्रममा बोल्दै डा. लोहनी

अब अहिले आएर के देखियो भने हाम्रो एकता महाधिवेशनपछि जु्न विश्वास,मिलेर काम गर्ने सामूहिक नेतृत्वको अवधारणासहित जुन सहमति भएको थियो त्यो कार्यान्वयन हुन सकेन । पार्टीको पदाधिकारी नियुक्तिमा पनि आफ्नो ढंगले मनमर्जि गर्ने काम भयो, त्यसका साथै सरकारमा उपप्रधानमन्त्री सहित गएको कुरा समेत हामलिे समाचारबाट मात्र जानकारी पाउनुपर्ने अवस्था सिर्जना भयो । पहिलेका कुनैपनि सहमति पुरा भएनन । एकतामा आएपछि एउटा यस्तो शैली देखियो कि, प्रयोग चाही अरुलाई गर्ने तर अरुको कुरै नसुनेर अघिबढ्ने खालको एकतन्त्रीय प्रवृतीको शैलीको विकास भयो । त्यस्तो प्रकारको सोच र प्रवृतीको कारण राप्रपामा मानिसहरु अडिन सकेनन, र त्यो मलाई पनि मन परेन र नयाँ पार्टीको वहश सुरु भएको हो ।

३) तर हिजोदेखि नै तपाईसँगै भएका नेताहरुलाई सबै ठिकै लागिरहेको छ । उहाँहरु त्यहि राप्रपामा अटाएका छन,तपाईलाई मात्र किन नेतृत्वप्रति असन्तुष्टि भयो ?

त्यो त हरेक मानिसले आफु अनुसार निर्णय गर्ने कुरा पनि हुन्छ । कसैले गलत कुरालाई पनि सहन सक्ने क्षमता राख्छ होला, तर मसँग पार्टी भित्र देखिएका ती गलत प्रवृतीलाई स्विकार गर्न सक्ने अवस्था भएन,मैले आफैले नेतृत्व गरेर नयाँ पार्टी खोल्नुपर्ने आवश्यकता देखे र यस्तो निर्णयमा पुगेको हुँ ।
म जहिले पनि पार्टी एक भएर जानुपर्छ भन्ने खालको सोच भएको मानिस हुँ । पहिले पनि पशुपति शम्सेर जीसँग पनि हाम्रो कुरा नमिलेपछि एउटै पार्टीभित्र पनि १८ महिनासम्म हामीले छुट्टै ढंगले पार्टी चलाएका थियौ । तर त्यस्तो बेलामा पनि हामीले पार्टीलाई भने टुक्रयाएनौ । अहिले त कस्तो देखियो भने पहिले भएका सहमति समेत कार्यान्वयन नगर्ने ढंगले पार्टि नेतृत्व अगाडि बढ्यो । जस्को समर्थन गर्न हामीले सकेनौ र त्यसको विकल्पमा नयाँ पार्टी खोल्यौ । त्यहाँ बसिरहेकाहरुले पनि बिस्तारै यो कुरामा महसूस गर्दै जानुहुन्छ भन्ने मैले विश्वास गरेको छु ।

४) भनेपछि तपाईहरु पार्टीको नीतिगत विषयमा पनि फरक हुनुहुन्छ ?

हो । एकतापछि हाम्रोबीचमा भएका सहमति अनुसार नीतिगत र पार्टी संञ्चालन सम्बन्धी मूल्य र मान्यताहरु लागु नगरिएकाले नै हामीले नयाँ पार्टी खोलेका हौ । यो विषय नै मुख्य हो ।

५) त्यसो भए तपाईहरुको पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाको सिद्धान्त,विचारमा के फरक छ, त्यो बताइदिनुस ।

हाम्रो पार्टीकोबीचमा धेरै राजनीतिक मुद्धाहरु समान रहेका देखिन्छन तर त्यसको प्रयोग गर्ने विधिमा भने ठूलो अन्तर रहेको छ । हाम्रो पार्टीले नेपालको पहिचान हिन्दु राज्यको पहिचान हुनुपर्छ भनेको छ । हामीले राष्ट्रिय एकताको परिपेक्षमा राष्ट्रिय चरित्र भएका संस्थाहरु चाहिन्छन र ति संस्थाहरु संविधान अन्तर्गत भावनात्मक एकताको परिधिभित्र रहेको हुनुपर्नेमा ध्यान दिएका छौ । हामीले यो कुरा अहिले होइन, २०३५ भन्दा पहिलेदेखिनै उठाउँदै आएका छौ । इतिहासले सबैलाई राष्ट्रिय एकताको भावभित्र ल्याउन नेपालमा राजसंस्था चाहिने कुरा साबीत गरेको हुनाले हामीले त्यो विषयलाई उठाएका छौ । तसर्थ नेपालमा संसद अन्तर्गतको राजसंस्था पनि हुनुपर्छ भन्ने हाम्रो मुख्य एजेन्डा हो ।

तर हाम्रो र राप्रपाका मुद्धाहरु हेर्दा उस्तै देखिएपनि हामीबीच धेरै फरक रहेको छ । उहाँहरुले राजसंस्थाको मुद्धा उठाएर त्यसलाई सत्ताँमा पुग्ने हतियारको रुपमा प्रयोग गर्नु भएको छ । जुन संविधानमा हाम्रा मतभेदहरु रहेका छन, त्यसैलाई बिदेशमा गएर संसारको उत्कृष्ट संविधानसम्म उहाँहरुले भन्नुभयो । गणतन्त्र र धर्म निरपेक्षता लेखिएको संविधान अन्तर्गतको सत्तामा गइन्छ भनेपछि ती मुद्धा उठाउँनुको अर्थ के भयो ? तसर्थ उहाँहरुले राजसंस्था र हिन्दु राज्यको मुद्धालाई सत्ताको मोलमोलाईमा प्रयोग गरेको देखियो जुन कुरा हाम्रो पार्टीले कहिल्यै गर्देन । यहि कुरामा हामीबीच फरक रहेको छ ।

LOADING...

६) तर अहिलेसम्मको अवस्थालाई हेर्दा हिजो हिन्दु राज्यको सबैभन्दा चर्को भाषण गर्ने पार्टीहरु पनि अहिले गणतन्त्र लेखिएको संविधानमा सहभागि भएका छन, अब तपाईहरुलाई कसरी पत्याउने जनताले ?

सबैभन्दा महत्वपूर्ण कुरा हामीले कहिल्यैपनि सत्तासँग लेनदेन गरेर आफ्ना राजनीतिक मुद्धाहरु प्रयोग गर्ने छैनौ । यहि आधारमा जनताले हामीलाई विश्वास गर्नेछन भन्ने लाग्छ ।

७) त्यसो भए तपाईहरुमा सत्तामा जाने रहर छैन, हो ?

त्यो हामीसँग हुदैन किन भने म यो पार्टीको अध्यक्षको हैसियतले हिम्मतका साथ भन्नसक्छु संस्थाका लागि आफ्नो मुल्य र मान्यतामाथि हाम्रो कम्प्रोमाईज हुदैन । मँ स्पष्ट तरिकाले,पार्टीको अध्यक्षको हैसियतमा यो कुरामा भन्न सकछु । भष्ट्रचारको विरोधमा हामीले व्यापक रुपमा योजना बनाएका छौ । अस्ति भर्खर मैले राजीनामा गर्दा ३५ अर्ब रुपियाँ एनसेलको जुन भष्ट्रचार काण्डको हल्ला चलिरहेको छ, त्यसमा सहभागी हुन जादाखेरि हामीले त्यसको पनि विरोध गरेका थियौ ।

८) त्यसो भए तपाईहरु नेपालमा राजतन्त्रात्मक ब्यवस्था सहितको संविधान आएपछि मात्र सत्ताको विषयमा सोच्नु हुन्छ, त ?

मुलुक अहिले पनि संविधानले नै चलेको छ । यो संविधान पनि हामी सबैले बनाएको हो । तर यो संविधान अन्तर्गत गएर हामी के भन्न चाहान्छौ भने नेपालको धार्मीक पहिचान,नेपालको राष्ट्रिय पहिचान,हिन्दु राष्ट्रको रुपमा हुनुपर्छ । त्यो नारा र त्यो दृष्ट्रिकोणलाई हामी निरन्तर रुपमा लिएर जान्छौँ । लैजाने क्रममा हामी पछाडि हट्दैनौँ । यो विषयमा अहिलेलाई यहि भन्न चाहन्छु ।

LOADING...

९) स्थानीय निकायको निर्वाचको संन्दर्भमा केही दलहरुले दलिय आधारमा निर्वाचन चिन्ह पाउनुपर्ने माग राखेर आन्दोलन गरिराखेका छन, यसमा तपाईको धारण के हो ?

ेस्थानीय निकायको निर्वाचन जुन,हुनगैरहेको छ, यसमा झण्डै २० बर्षपछि जनताले मत दिने अधिककार पाएका छन । २० बर्षसम्म तेत्रो प्रजातन्त्रका कुरा गर्ने दलहरुले जनताको जनमतको कदर गर्न सकेनन । अहिले स्थानीय चुनाव हुदैछ,यो सबैको लागि खुशीको कुरा हो र यसलाई हामी समर्थन गर्छौ । स्थानीय निकायको चुनाव हुनु पर्छ । अर्को कुरा हामी स्थानीय निर्वाचनमा जान्छौ, तर निर्वाचन आयेगले सबै दलहरुलाई दलिय आधारमा चुनाव चिन्ह दिनुपर्छ भन्ने हाम्रो पनि माग हो । अहिलेसम्म हामीले पनि दलिय चुनाब चिन्ह पाएका छैनौ । उहाँहरुले गरेको आन्दोलनमा हाम्रो पनि समर्थन रहेको छ ।

१०) स्थानीय निकायको निर्वाचनमा तपाईहरुले तालमेलको कुरा पनि अघिसार्नु भएको छ, कस्तो विचार बोकेका पार्टीसँग हुन्छ तपाईहरुको तालमेल ?

चुुनावमा जान कै लागि हामीले ७५ वटै जिल्लामा बैशाख ६ गतेसम्म हाम्रो पार्टीका जिल्ला इकाईहरु गठन गरिसक्ने भनेका छौ । त्यसको लागि हामी जोडदार रुपमा खटेर लागेका छौ । जिल्लाका इकाईहरुले गाउपालिका तहमा पनि इकाइ गठन गरेर, त्यो गाउँपालिका तहले कुन वडामा कोसँग तालमेल गर्ने र त्यहाँको राननीतिमा के गर्दाखेरि हामीलाई फाइदा हुन्छ त्यही अनुसार त्यो उनीहरुलाई निर्णय गर्ने जिम्मेवारी दिएका छौँ ।

११) होइन, कुरो प्रष्ट भएन । तपाईहरुको तालमेलमा पहिलो प्राथमिकतामा राप्रपासँग हुन्छ कि अरु दलहरु ?

प्राथमिकता भन्दा पनि हामी स्थानीय निकायमा जसरी पनि बढि भन्दा बढि मत ल्याएर जीत्ने लक्ष्यमा अघि बढेका छौ । पस्थिती अनुसार भोली जो पार्टीसँग पनि तालमेल गर्न सकिन्छ । स्थानीय स्तरको निर्वाचनमा कोसँग तालमेल गर्दा दुबैलाई फाईदा हुन्छ,हामीले त्यहैगरी अघि बढ्नका लागि स्थानीय पार्टीलाई भनेका छौ । तसर्थ राप्रपा वा यो पार्टी नै पहिलो प्राथमिकतामा भन्ने छैन ।

१२) तपाईहरु स्थानीय चुनावमा तपाईहरुको पार्टी कुन स्थानमा आउछ होला, अनुमान कस्तो गर्न सकीन्छ ? 

त्यो अहिले नभनौ है । त्यसमा हामी अहिले नै धेरै फुर्ती गर्नुे पक्षमा छैनौ । हामी एउटा इज्जतको पोजिसनमा आउँछौ, त्यो निश्चीत हो । तर कति नम्बरमा आउछ भन्ने कुरा अहिले नगरौँ । हामी अलि ठिलो नै निर्वाचनको तयारीमा लागेका छौ, समय पनि कम भएकाले एकदम जोडदार रुपमा अघि बढेका छौ ।

१३) त्यसो भए हाम्रा पाठकलाई भन्दिनुस, राप्रपा र तपाईहरुमा कस्लाई जनताले पत्याउलान यो चुनावमा ? तपाईलाई के लाग्छ ?

म घमन्डी गरेर त्यो भन्दा ठूलो छौ भन्दैन । त्यो सबै अब स्थानीय निकायको चुनाव हुदैछ,त्यसपछि सबै कुरा थाहा हुन्छ । अहिले नै त्यस्तो कुराहरु गरिरहन उपयुक्त हुदैन । किनकी हामीसबै स्थानीय निकायको निर्वाचनमा आफ्ना मुद्धा सहित जादैछौ, जनताले कस्लाई कहाँ पुर्याउछन त्यो त्यसपछि मात्र थाहा हुन्छ ।

LOADING...