दलिय चुनाव चिन्ह पाउनुपर्छः एकिकृत राप्रपा अध्यक्ष लोहनी

भन्छन–‘चुनाव चिन्हको लागि गरिएको आन्दोलनमा एक्यबद्धता छ’

काठमाडौं । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्थानीय निकायको निर्वाचनमा व्यवस्थापिका संसदमा नभएका दलहरुलाई पनि दलिय आधारमा निर्वाचन चिन्ह दिनुपर्ने बताएका छन ।

हरपल नेपाल डटकमद्धारा आयोजित ‘हरपल संवाद’ कार्यक्रममा बोल्दै डा. लोहनी

आज हरपल नेपाल डटकमद्धारा आयोजित ‘हरपल संवाद’ कार्यक्रममा बोल्दै डा. लोहनीले त्यस्तो बताएका हुन ।

डा. लोहनीले दलिय आधारमा चुनाव चिन्हको माग गरिरहेको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी,क्रान्तिकारी माओवादी, लगाएतका दलहरुले उठाएको मुद्धामा आफ्नो पार्टीको पनि समर्थन रहेको बताएका छन ।

डा. लोहनीले हरपल नेपालसँगको कुराकानीमा भने–‘हाम्रो पार्टीले पनि दलिय आधारमा चुनाव चिन्हको माग गरिरहेको छ । संसदमा नभएका दलहरुलाई दलिय चुनाव चिन्ह नदिएर सरकारले मुडभेडको अवस्था निम्त्याउनु हुदैन । दलिय चुनाव चिन्हको लागि आन्दोलनरत गरिरहेका पार्टिलाई त्यसमा हाम्रो पार्टीको पनि समर्थन रहेको जनाउन चाहन्छु ।’

उनले देशमा रहेका राष्ट्रवादी पार्टीहरुलाई दलिय चुनाव चिन्ह नदिने कस्तो कानुन हो भन्दै प्रश्न गरे । उनले सबैलाई मिलाएर निर्वाचनमा सहभागि गराउनका लागि सरकार र निर्वाचन आयोगले निर्वाचन चिन्हको विषयमा देखिएको बिवाद मिलाउनु पर्ने बताए ।

उनले आफ्नो पार्टी स्थानीय निकायको निर्वाचनको पूर्ण तया।रीमा रहेको भन्दै जनताले आफ्नो पक्षमा मतदान गर्ने र निर्वाचनबाट राम्रो परिणाम आउने विश्वास ब्यक्त गरें ।