राजनीतिक अस्थिरताको अन्त्य गर्न कुनै एक दलले बहुमत पाउनु पर्छः नेपाल

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक अस्थिरताको अन्त्य गर्न वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कुनै एक दलले बहुमत पाउनु पर्ने बताएका छन ।

नेता नेपालले प्रेस चौतारी नेपाल कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा त्यसतो बताएका हुन ।

उनले भने–‘देश चुनावमय बनिसकेको छ । निर्वाचन आयोगपनि स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिन्छ ।’

उनले जनताका सेवा र सुविधा घरदैलोमा पुर्याउन नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचन गरिने बताए । प्रजातन्त्रको विकास गर्ने आधार नै निर्वाचन हो ।