प्रेस मञ्च नेपालद्धारा सहिदको सम्मानमा मैनबती जुलुस सम्पन्न

नेपालगञ्ज । सद्भावना पार्टीको निकटको पत्रकार संगठन प्रेस मञ्च नेपालले तराईका विभिनन जिल्लाहरुमा सहिदहरुको सम्मानमा मैनबती जूलूस कार्यक्रम सम्पन्न गरेको छ।

बाँके शाखाद्वारा नेपालगञ्जको सहिद कमल मधेशी चौकमा आयोजित कोण सभामा बोल्दै प्रेस मञ्च नेपाल केन्द्रिय बरिष्ट उपाध्यक्षा आशिष गुप्ताले सहिदहरुको कुर्बानी खेरि नजाने धारणा राख्दै मधेसको माग सम्बोधन बिना देशमा निर्वाचन नहुने दावी गरेका हुन।

प्रेस मञ्च केन्द्रिय बरिष्ट उपाध्यक्षा आशिष गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा,आई एच आर सीका केन्द्रिय अध्यक्ष विश्जिती तिवारी, तराई मनव आधिकार थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खान, नेपाल पत्रकार महासंघ बाँकेका सदस्य प्रजुल, सदभावना पार्टी बाँकेका कार्यवाहक अध्यक्ष रेखा गुप्ता, तमलोपा नेपालगञ्जका वरिष्ठ नेता विजय गुप्त, संघिया सामजवादी फोरम नेपालका नेतृ माम्त बनिया,प्रेस सेन्टर बाँकेका अध्यक्ष डाक्टर धिताल लगायत मधेस प्रेमी जन समुदायको सहभागीता रहेको थियो ।