ब्लड बैंक स्थापनाको स्वघोषणा

पाल्पा । पाल्पा जिल्लाको तानसेन नगरपालिकास्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा कार्यक्रम सुरु गरेको छ ।

६०औँ राष्ट्रिय सहकारी दिवसको अवसर आयोजित कार्यक्रममा सहकारीका २६ सदस्यले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा गरेका हुन।

रगतका अभावमा सहकारीका सदस्यले ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त हुनका लागि सहकारीका आफ्ना सदस्यलाई आवश्यक परेको बेला रगत दिन सक्ने गरी अभियान सञ्चालन गरिएको हो ।

सहकारीका अध्यक्ष चन्द्रबहादुर नेपालीले आफूले जस्तो सदस्यलाई आवश्यक परेका बेला रगत दिने गरी स्वघोषणा गरेका हुन । यो सहकारीका १२ भन्दा बढी सेयर सदस्य रहेका छन् ।

अध्यक्ष नेपालीले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा कार्यक्रम बर्सेनि सञ्चालन हुने र सदस्यका लागि रगतको अभाव नहुने बताए ।

कार्यक्रममा डिभिजन सहकारीका प्रमुख कृष्णबहादुर बोहोराले सहकारीको रक्तदान कार्यक्रमले सामाजिक रुपान्तरणको अभियानमा अग्रसरता देखाएको बताए ।

कार्यक्रममा उपाध्यक्ष योगेन्द्र गहिरे, रक्तदान उपसमितिका संयोजक मर्मता दर्नाल, मनलक्ष्मी हिमचुरी र सुमन विकलगायतले सामाजिक रुपान्तरणको अभियानले सहकारी नमुना हुँदै गएको बताएका थिए । रासस