म्यादी प्रहरीमा पूर्वआईजीपीका नाति पुजनको आवेदन

काठमाडौं – म्यादी प्रहरीको आवेदन संकलन गर्ने क्रममा १७ बर्षीया पुजन बरालको तीनपुस्ते विवरण देखेपछि महानगरीय प्रहरी परिसर टेकुका प्रहरी अधिकारी केहीबेर अचम्ममा परे उनी पूर्वआईजीपी खड्कजित बरालका नाति रदेका छन।

काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाला जोशी पनि पूर्वआईजीपी बरालका नाति पुजनले म्यादीमा आवेदन दिन आएको सुनेपछि आश्चर्यमा परे ।

आवेदन दिनुको कारण थियो हजुरबुरबा नेपाल प्रहरीबाट अवकाशप्राप्त आईजीपी खड्कजित बराल र चिकित्सक आमाबाबुका छोरा पुजनले म्यादीमा त्यसैले उनले आवेदन दिएका हुन ।

उनी बैशाख ३१ गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा ५५ दिनसम्म म्यादी सुरक्षाकर्मीका रुपमा खटिने पक्का भएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।