स्थानीय निकायको चुनावपछि देश गरिब हुदैनः ओली

अरु पार्टीलाई साइनबोर्ड जोगाउन सुझाव

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावपछि देश ‘गरिब नहुने र जनताको आर्थिक जीवनमा प्रभाव पर्ने बताएका छन ।

एमालेको बनेपा नगर कमिटि कार्यालय भवन उद्घाटन गर्न आयोजित कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै नेता ओलीले त्यसतो बताएका हुन् ।

ओलीले स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साइनबोर्ड बाहेक केही नरहने बताए । उनले वर्तमान अवस्थामा एमाले प्रति जनताको आकर्षण भएको भन्दै अरु पार्टीहरुलाई साइनबोर्ड जोगाउन सुझाव दिए ।

उनले अन्य पार्टीमा निति, विचार र विकासका एजेण्डा नभएको जिकिर गरे । उनले जनताको पार्टी एमाले मात्रै भएकाले सडक राम्रो भए पनि चालक राम्रो नहुँदा सहि गन्तव्यमा पुग्न नसकेको दावी गरे ।

आगामी सन्ततिलाई एमाले पार्टी रोज्न आग्रह गर्दै उनले भने–‘देश एमालेले बाहेक कसैले बनाउदैन । ०७४ को चुनावपछि देश गरिबरहित हुन्छ ।’