दिपायलको पिपल्ला बजारमा आगलागी

अहिलेसम्म मानवीय क्षति नभएको खुलासा

दिपायल । दिपायलको पिपल्ला बजारमा दिउँसो जेबी आयल स्टोरबाट सल्केको आगोले राष्ट्रिय वाणिज्य बैंक सहित वरपरका ५ भन्दा बढी पसलमा क्षति पुर्याइ सकेको छ ।

दिपायल बजारको बीचमा रहेको जीबी आयल स्टोरबाट सल्किएको आगोले विकराल रुप लिई नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, प्रहरी तथा स्थानीयहरूले आगोलाई निभाउन खोजे पनि दमकलको अभावमा आगो निभाउन सकिएको छैन् । दिपायल सिलगढी नगरपालिकाको दमकल बिग्रेको कारण आगो निभाउन गाह्रो परेको हो ।

नियन्त्रण बाहिर भएको कारण अहिलेसम्म कति मानवीय र भौतिक क्षति भए भन्ने एकीन हुन् सकेको छैन् ।

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी विजय भट्टका अनुसार अहिलेसम्म ६ वटा पसल जलेर नष्ट भइसकेका छन् । २ वटा मोटरसाइकल पिन जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पड्किरहेकाले आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो नियनत्रण्का लागि स्थानीय र प्रहरी खटिएका छन् ।आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ । आगलाागीका कारण अहिलेसम्म मानवीय क्षति भएको छैन ।