निर्वाचन कार्यालय घेर्न गएका बाबुराम र सीपी सहित ५० बढि पक्राउ

कार्यकर्ताद्धारा नारा जुलुश

काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई,हिसिला यमि,क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल सहित ५० जना भन्दा बढि नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय निर्वाचनमा दलीय चुनाव चिन्हको माग गरेर आज नयाँ शक्ति पार्टी,नेपाल,क्रान्तिकारी माओवादी लगाएत विभिन्न ६४ दलहरुले गरेको निर्वाचन घेराउको कार्यक्रमबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन कार्यालयमा जुलसससहित धर्नाका लागि आयोजित जुलुश अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका बेला त्यसको बाबुराम र गजुरेलले नेतृत्व गरेका थिए । उनीहरुलाई त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरुे पक्राउ भएपछि अहिले पनि सडकमा नारा जुलुश सहित बाक्लो संख्यामा ती पार्टी संवद्ध नेता,कार्यकर्ताहरुको उपस्थित  रहेको देखिन्छ ।