सिन्धुपाल्चोकमा चट्याङबाट सासुको मृत्यु,बुहारी घाइते

सिन्धुपाल्चोक । शनिबारको पानीसँगै परेको चट्याङबाट सिन्धुपाल्चोकको चौतारामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी र उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन् उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलवीरे (सिन्धुपाल्चोक) ले जानकारी दिएको छ । रासस