मलेसियाका नेपाली कामदारहरुको समस्याबारे किन बोल्दैन दूतावास ? (भिडियोमा हेर्नुहोस)

कामदारको समस्याबारे आयो यस्तो खुलासा

 काठमाडौं। मलेसियामा लामो समय रोजगार गरेर नेपाल फर्किएका दाङका टीकाराम ओलीले मलेसिया बसाईको क्रममा भोगेको,महसूस गरेको आफ्नो अनुभूति सुनाउने क्रममा त्यहाँ रहेको नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको विषयमा नबोलेको बताएका छन ।

हिजो साझँ (चैत्र १८) काठमाडौं पुगेका ओलीले हरपल नेपाल डटकमले आयोजना गरेको पाठक तथा लेखकलाई सम्मान कार्यक्रममा बोल्दै मलेसियामा रहेको नेपाली कामदारहरुको समस्याको विषयमा त्यस्तो खुलासा गरेका हुन ।

उनले मलेसियामा नेपाली कामदारहरुले मेनपावर कम्पनिहरुले पठाउने क्रममा एग्रिमेन्ट गरिए अनुसारको काम र पारिश्रमिक नपाएर भौतारिदा समेत नेपाली राजदूतावासले सहयोग नगरेको दाबी गरेका छन ।

उनले मलेसियामा नेपाली कामदारहरुको उद्धार र सहयोगको लागि क्रियाशिल दजनौं संघ सस्थाहरु भएपनि तिनीहरुले कामदारको समस्या सुन्नेबाहेक अरु कुनै काम नगरेको आरोप लगाएका छन ।

ओलीले नेपाली कामदारहरु भनेजस्तो काम नपाएर सडकमा भौतारिएको,कतिपय कामदारहरु काम गर्ने क्रममा चोटपटक लगेर औषधि समेत गर्न नपाएको र कतिपय विभिन्न कारणले सडकमा दिन काट्ने गरेको अवस्था देखिएपनि त्यहाँ रहेको नेपाली राजदूतावास र अन्य संघ सस्थाहरुले तिनीहरुको उद्धारमा ध्यान नदिएको बताएका छन ।

उनले आफुले त्यहाँ काम गर्ने क्रममा धेरै दुख पाएका नेपालीहरु भेटेको भएपनि त्यसको लागि सहयोग गरिदिन पटक पटक आग्रह गर्दा समेत ति संघ संस्थाहरुले कुनै प्रतिकृया नजनाएको गुनासो गरे ।

उनले भने–‘संघ संस्थाहरुले आफ्ना एजेन्ट अथार्त दलाल राखेका हुन्छन । जताबाट कमिसन आउँछ,त्यो काममा मात्र उहाँहरुको ध्यान जान्छ । मलेसियामा नेपालीहरुको समस्यामा राजदूतावस समेत मुकदर्शक मात्र बन्ने गर्छ । कसैले समाधान गर्न चासो दिदैनन ।’

यसैबीच हरपल नेपाल डटकमले टीकाराम ओलीले विदेसमा रहेर पनि संञ्चारमाध्यमहरुमा लेख,रचनाहरु लेखेर समाजलाई सकारात्मक मार्गनिर्देश गरेको भन्दै उनलाई सम्मान समेत गरेको छ । उनका लेख,रचनाहरु हरपल नेपाल डटकम लगाएत विभिन्न संञ्चारमाध्यममा प्रकाशन हुदैँ आएका छन ।

बाँकी हेर्नुहोस मलेसियाबाट फर्किएका ओलीसँग हरपल नेपालले गरेको भिडियो कुराकानी……

LOADING...