तीन जना डिआईर्जीलाई एआईजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि तीन डिआईजीको नाम सिफारिस भएको छ ।

पुष्पराम केसी , नारायणबाबु थापा र रामशरण पौडेललाई गृह मन्त्रालयको बढुवा समितिले गएराति बसेको बैठकमा महानिरीक्षकको पदमा बढुवा सिफारिस गरेको हो ।