हरपल नेपाल डटकद्धारा पाठक तथा लेखकलाई सम्मान

उत्कृष्ट लेखन यात्राको शुभकामना सहित

काठमाडौं । हरपल नेपाल डटकमले आज एकजना पाठक तथा लेखकलाई सम्मान गरेको छ ।

हरपल नेपाल डटकमद्धारा आयोजना गरिएको पाठक तथा लेखक सम्मान कायक्रम

शनिवार हरपल नेपाल डटकमद्धारा आयोजना गरिएको पाठक तथा लेखक सम्मान कायक्रममा वैदेसिक रोजगारमा रहेको बेलमा समेत देश र राष्ट्रियताको विषयमा विभिन्न लेख,रचनाहरु लेख्दै आएका टिकाराम ओलीलाई सम्मान गरिएको हो ।

हरपल नेपालका सम्पादक लोकराज जैसीले ओलीलाई लेखन यात्रामा सफलता मिलोस भन्ने शुभकामना सहित दोसल्ला ओढाएर सम्मान गरेका छन ।

ओलिले हरपल नेपाल डटकम लगाएत विभिन्न संञ्चारमाध्यमहरुमा लेखहरु लेख्दै आएका छन । उनी वैदेसिक रोजगारीको क्रममा लामो समयदेखि मलेसियामा कार्यरत रहेका थिए ।

उनी लामो समयपछि हिजो साझँमात्र नेपाल पर्किएका छन । उनले अब वैदेसिक रोजगारीको विकल्प नेपालमै खोज्नुपर्ने भन्दै आफु समाज बद्ल्नका लागि देशको सेवा गर्न राजनीतिक क्षेत्रमा लाग्ने बताएका छन ।

ओली विदेशमा रहदा पनि नेपालीहरुसँगको सेवा,सहयोगको क्षेत्रमा क्रियाशिल रहदै आएका थिए ।