कुनैपनि हालतमा स्थानीय निकायको निर्वाचन रोकिन्नः सभापति देउवा
‘मधेशी जनताले पनि निर्वाचन चाहेका दाबी’
बिराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी जनता चुनावको पक्षमा रहेको भन्दै कुनै पार्टीहरुले रोक्दैमा सरकारले घोषण गरिसकेको स्थानीय निकायको निर्वाचन नरोकिने बताएका छन ।
शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले मधेशी जनताहरुले पनि निर्वाचन चाहेको कारण कुनैपनि हालतमा निर्वाचन नरोकिने दाबी गरेका हुन ।
देउवाले भने–‘हामीले अहिले सम्म पनि स्थानीय निकायको निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउनका लागि छलफलको प्रयास गरिरहेका छौ । उहाँहरुसँग अहिले पनि छलफल र वार्ता चलिरहेका कारण ठिलो चाडो उहाँहरु पनि निर्वाचनमा सहभागी हुनेमा हामी विस्वस्त रहेका छौ ।’
उनले स्थानीय निकायको निर्वाचन एकै चरणमा सम्पन्न हुने भताए । बताए ।
उनले मधेसी मोर्चालाई पनि चुनावका सहभागी गराउनका लागि सीमाङ्कन बाहेकका अन्य विषयलाई टुङ्गाएर अगाडि बढ्ने प्रयतन र्भरहेको समेत बताए ।