अश्लील भिडियो बनाएर युवतीलाई धम्क्याउने पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले बैतडी घर भई काठमाडौं बस्ने राजबहादुर बोहोरालाई फेसबुकमा सम्बन्ध गाँसेर युवतीको चरित्रहत्या गरेको आरोपमा पक्राउ गरेको छ ।

बोहोराले फेसबुकमार्फत काठमाडौंकी एक युवतीलाई प्रेममा पारेर । त्यसैमार्फत अघि बढेको सम्बन्धको फाइदा उठाउँदै बोहोराले नशालु पदार्थ खुवाएर युवतीको अश्लील भिडियो खिचे र त्यसैमार्फत चरित्रहत्याको धम्की दिएको प्रहरीले जनाएको छ । –कान्तिपुर दैनिकबाट