अन्तर्राष्ट्रिय बौद्ध परिपथ निमार्ण गर्न संसद फुयालको माग

  ‘‘परिपथ निमार्णले रोजगारी सिर्जना गर्ने दावी’’

काठमाडौँ । ऐतिहासिक तेमाल जात्रा र अन्तर्राष्ट्रिय बौद्ध परिपथको निमार्णकालागि नेपाल सरकारलाई गुरु योजना निमार्ण गरी अघि बढाउन व्यावथापिका संसद रामेश्वर फुगालले आग्रह गरेका छन । संसद फुयालले अन्तर्राष्ट्रिय बौद्ध परिपथ निमार्णकालागि आथिक बर्ष २०७४÷०७५ मा बजेट विनियोजन गर्न माग समेत गरेका छन ।

आज रिपोटर्स क्लवमा आयोजीत एक कार्यक्रममा संसद फुयालले अन्तर्राष्ट्रिय बौद्ध परिपथको निमार्ण र ऐतिहासिक तेमाल जात्राबारे जानकारी गरनउदै त्यस्तो बताएका हुन ।

संसद फुयालले भनेका छन–‘बुद्धको जन्मथलो लुम्बिनी लगाएत यससँग सम्बन्धित ऐतिहासिक धार्मिक थलोहरु स्वयम्भू, जामाचो, बौद्धनाथ, मणिचुड, नमोबुद्ध, भारतको बोभगया र अफगानिस्थानको बावियान जोडेर अन्र्तराष्ट्रिय बौद्ध परिपथ निमार्ण गर्न आवस्यक छ । बुद्धको शान्तिको सन्देश विश्वभर पुर्याउनका लागि यो महत्वपूर्ण देखिन्छ । यसमा पर्यटन प्रवद्र्धन गरी लाखौँको संख्यामा रोजगारी सिर्जना गर्न समेत योगदान पुग्नेछ ।’

 उनले भनेका छन–‘अन्तर्राष्ट्रिय बौद्ध परिपथ निमार्णका लागि वजेट विनियोजन गर्ने कार्यमा पटक पटक माग समेत भयो । राज्य व्यवस्था समितिको बैठकमा अन्तरदेशीय पर्यटनको विकासका लागि बुद्धको जन्मथलो नेपालको ‘‘लुम्बिनी–स्वयम्भू–बौद्धनाथ–मणिचुड–नमोबुद्ध’’ नस्ता स्थानमाा तथा अन्य विभिन्न देशहरुलाई जोडेर अन्तर्राष्ट्रिय बौद्ध परिपथ र काँशी–पशुपतीय–उत्तरगया गोकर्णेश्वर–शिवपुरी–सुन्दुरीमाई–बज्रयोगिनी–रामजानकी मन्दिर गागल–नवतनधाम जोडेर अन्तर्राष्ट्रिय बौद्ध परिपथ निमार्ण गर्न सार्क सम्मेलनमा मुद्धाका रुपमा उठाउन माग समेत गरिइको थियो ।’

संसद फुयालले अन्तर्राष्ट्रिय बौद्ध परिपथ निमार्णकालागि छलफल गर्न संसदमा ध्यानाकर्षणपत्र दर्ता गराएको र त्यो विषयमा सम्बन्धित निकाहरुसंग छलफल र अन्र्तक्रिया गरिदै आएको बताए ।