अध्यक्ष डा. बिष्ट भन्छन-महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा बढ्छु (भिडियोसहित)

पत्रकार महासंघको ६२ औं स्थापना दिवसः सामुहिकरुपमा केक काटेर उद्घाटन

काठमाडौं । पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको साझाँ उद्देश्य हासिल गर्नका लागि आफु अझै सशक्त रुपमा बढ्ने बताएका छन ।

डा. बिष्टले मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयासलाई महासंघ कत्तीपनि विचलित नभई अघि बढ्ने बताए ।

आज पत्रकार महासंघको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले त्यस्तो बताएका हुन । उनले महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता व्यक्त समेत ब्यक्त गरे ।

डा. बिष्टले कायक्रमलाई सम्बोधन गर्दै भने–‘अहिले पनि विभिन्न अवसर र चुनौतीको बीचबाट नेपाली सञ्चार क्षेत्र गुज्रिरहेको छ । पत्रकारका साझाँ समस्याहरुको समाधानको लागि सबै पत्रकारहरु एक हुनुपर्ने र राज्य प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्छ ।’

मुलुक अहिले संविधानको कार्यान्वयनमा रहेको भन्दै उनले भने–‘स्थानीय तहको निर्वाचनको तयारीमा सबै जुटेका छन, हामी पनि नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको पूर्वतयारीमा छौ । राजनीतिक संक्रमण र नयाँ नेतृत्व चयनको यस घडीमा अझ संवेदनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न सबै पत्रकारहरुले यतिबेला भूमिका खेल्नु पर्दछ ।’

उक्त शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन महासंघका पूर्व अध्यक्षहरुसहित वर्तमान अध्यक्ष डा. बिष्टले सामूहिक रुपमा केक काटेर गरेका थिए । केक काटिसकेपछि शुुभकामना मन्तब्यको कार्यक्रम राखिएको थियो । हरपल नेपाल डटकमले उद्घाटन सत्रमा केक काट्दै गरेको विषयलाई समेटेर भिडियो सामाग्री तयार पारेको छ ।

उक्त कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्षहरु,पदाधिकारीहरु, विभिन्न संञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको उपसिथति रहेको थियो ।

पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघले स्थापनाको ६२औं वर्षमा प्रवेश गरेको अवशरमा उकत कार्यक्रमको आयोजना गरिएको हो । महासंघको स्थापना २०१२ चैत १६ गते भएको थियो, संस्थापक सभापति कृष्णप्रसाद भट्टराई हुन् ।

LOADING...