प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौं । बोआओ सम्मेलनमा भाग लिन चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेर नेपाल फर्किएका हुन ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका सुचारु गर्न आग्रह गरेका थिए ।

सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपतिको भेटपछि दाहालले मंगलबार तिब्बतका चिनियाँ कम्यिुनिस्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गरेका थिए ।

सो क्रममा वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी गराएका थिए । नेपाली भ्रमण टोलीले चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।