नव गठित राप्रपा (राष्ट्रवादी) आज निर्वाचन आयोगमा दर्ता हुदैँ

दिउसो पत्रकार भेटघाट कार्यक्रम

काठमाडौं । डा.प्रकाश चन्द लोहनीको नेतृत्वमा गठन भएको राप्रपा(राष्ट्रवादी) आज आयोगमा दर्ता हुने भएको छ ।

लोहनीले आफ्नो अध्यक्षतामा एकिकृत राप्रपा (राष्ट्रवादी) गठन गरेका हुन ।राप्रपा महाधिवेशनको एक महिना नबित्दै फागुन २९ गते रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी डा लोहनीले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टलाई राखिएको छ । दलको केन्दीय कमिटी ७१ सदस्यीय गठन गरिएको छ । उनले चुनाव चिन्ह ‘हलो’ माग दाबीसहित बुधवार निर्वाचन आयोगमा दल दर्ता गरिने जानकारी दिए । अध्यक्षमा डा लोहनी, वरिष्ठ

नेता केशरबहादुर विष्ट तथा बाँकी सबै केन्द्रीय सदस्य रहने छन् ।समोवशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र संसदबाट अनुमोदित संवैधानिक राजतन्त्रको एजेण्डालाई अगाडि सारेको छ ।

साथै उक्त पार्टीले आज दिउसो १ बजे धुम्बाराहीमा पत्रकार भेटघाट कार्यक्रम समेत राखेको छ ।