अखिल क्रान्तिकारीद्धारा आरआर क्यम्पसमा सम्पन्न निर्वाचन खारेजीको माग

एकतर्फि रुपमा निर्वाचन गरिएको आरोप

काठमाडौं । माओवादी केन्द्र निकटको अखिल क्रान्किारीले आरआर क्याम्पसमा हिजो सम्पन्न स्ववियु निर्वाचन एकतर्फि रुपमा धाँधली र षड्यन्त्रपूर्ण ढंगले गरिएको आरोप लगाउदै खारेजीको माग गरेको छ ।

निर्वाचन सकिएपछि हिजो साझँ प्रेस विज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले त्यसतो बताएका हुन ।

उक्त विज्ञप्ती मार्फत भनिएको छ–‘हाम्रो संगठन अखिल क्रान्तिकारी लगाएतका ९ वटा विद्यार्थी संगठनहरुको विरोध,असहमतिका रत्नराज्यलक्ष्मी क्याम्पसमा एकतर्फी रुपमा मञ्चन गरिएको स्ववियु निर्वाचनको नाटकलाई हामी खारेज गर्न चाहान्छौँ ।’

विज्ञप्तीमा भनिएको छ–‘ स्नात्कोत्तर तह दोस्रो वर्षको परीक्षा भएकै दिन धाँधली ,षड्यन्त्र र तिकडमवाजीका किर्तिमान खडा गर्दै निर्वाचन आचारसहिताको समेत धज्जी उडाएर आयोजना गरिएको निर्वाचनमा भाग नलिने विषय देशका प्रमुख ९ विद्यार्थी संगठनहरुको गत फागुन १२ गते नै संयुक्त विज्ञप्ती मार्फत स्पष्ट गरेका थियौ ।’

उक्त विज्ञप्तीमा शाहिकालिन नगर चुनावको झझल्को दिनेगरि भएको स्ववियुको कथित निर्वाचनको परिणामलाई स्वीकार नगर्ने घोषणा गर्न चाहान्छौ ।

निर्वाचन वहिष्कारको क्रममा अखिलका उपाध्यक्ष अनिल शर्मा, सचिवालय सदस्य नरेश रेग्मी, के.स.अनिल उपाध्याय, इकाइ सह सचिव रमेश विष्ट, लोकेन्द्र कार्की, हरिचन्द्र पौडेल लगाएत प्रहरीको झडपमा परी घाइते भएका थिए ।