माओवादी केन्द्रमा राजेश हमाल पनि भित्रिए

चुनावको मिति नजिकिएसंगै माओवादी केन्द्रमा प्रवेशको लहर

काठमाडौं । स्थानिय निकायको चुनावको मिति नजिकिदै गर्दा विभिन्न पार्टीका नेता कार्याकर्ताहरु पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको छ ।

यसैबीच पर्वत जिल्लाका राजेश हमाल पनि माओवादी केन्द्र प्रवेश गरेका छन । परम्परागत पार्टीले विकास र निकास दिन नसकेको भन्दै हमालले माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

माओवादी केन्द्रमा प्रवेश गरेका हमाल नेपाली सिने क्षेत्रका महानायक हमाल भने होइनन । उनी एमालेका स्थानीय नेता हुन ।

अनेरास्ववियु परित्याग गरि माओवादी केन्द्रको अखिल क्रान्तिकारीमा प्रवेश गरेका हमाल पर्वत जिल्लाको ग्राम प्रकाश बहुमुखी क्याम्सका स्ववियु सभापति हुन ।

एक कार्यक्रमा बिच उनले एमाले छोडेको घोषणा गरेको अखिल क्रान्तिकारीमा महासचिव बीरेन्द्र बस्नेतले जानएका छन । हमाल एक महीनाअघि मात्रै एमाले अखिलबाट स्ववियु सभापतिमा निर्वार्चित भएका थिए ।

यसैबीच बैध माओवादी,एमाले, काग्रेस लगाएत विभिन्न पार्टीका नेता कार्यकर्ताहरु पनि माओवादी प्रवेश गरेका छन ।