प्रधानमन्त्रीको चीन भ्रमण सद्भाव अभिवृद्धि गर्ने हदमा सफलः पूर्वराजदुत कार्की

काठमाडौं । चीनका लागि पूर्वराजदुत टंक कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सद्भाव अभिवृद्धि गर्ने हदमा सफल भएको दाबी गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्याक्रममा बोल्दै उनले भने–‘प्रधानमन्त्री दाहालको चीन भ्रमण यो दोस्रो पटक हो, दुवै भ्रमण राजकीय होईनन्, उनको भ्रमण पुशपतिनाथको जात्रा सिद्राको व्यापार जस्तो हो।’

त्यस्तै उनले बोआवो फोरमको अलावा प्रधानमन्त्री दाहालले चिनियाँ उच्च नेतृत्वकर्ताहरु सँग भेटवार्ता गरेकोल उक्त भ्रमणले द्धिपक्षीय सम्बन्धको सद्भाव बढाएको विश्वास व्यक्त गरे ।

यद्धपी उनले प्रधानमन्त्री दाहालले स्वयम् चीनसँगको सम्बन्ध चिसिएको भनेर आत्मस्विकृत गरेको बताउँद भने–‘ प्रधानमन्त्रीजीले स्वयम चीनसँगको सम्बन्ध चिसिएको भनेर आत्मस्विकृत गर्नुभएको थियो, अहिले चिसिएको सम्बन्धमा न्यानोपना ल्याउने काम भएको छ, चिसिएका आधारहरु कोट्याउने काम भयो।’

चीनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा भएका नेपाल–चीन द्धिपक्षीय सम्झौता कार्यान्वयनको बारेमा बारम्बार चासो देखाएको उल्लेख गर्दै कार्कीले भने–‘चीनले अघिल्लो सरकारका पालामा भएका सम्झौता कार्यान्वयनको बारेमा चासो देखाएको छ, हुन त नयाँ सरकार गठन गर्दै गर्दा गठबन्धनका साझेदार दलका नेताद्धय शेरबहादुर देउवा र प्रचण्डले चीनसँग भएका सम्झौताहरु कार्यान्वयन गर्छौं भनेर सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएकै हो, तर यो वीचमा कता कता सम्झौता कार्यान्वयन गर्ने सवालमा निश्क्रियता देखियो, डि–फ्रिज झैं भए।’